अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

कैलाली । अछाममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन्।

सोमबार विषालु च्याउ खाएपछि जिल्लाको रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेको प्रहरीले जनाएको छ।

उनीहरुले आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा उक्त विषालु च्याउ खाएको जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तिनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए।

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार