काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा आन्दोलन गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेपछि आन्दोलित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा आन्दोलन गर्ने लागेको हो ।
‘अधिनायकवादी दुई तिहाई सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न बालुवाटार जाउँ’ भन्दै रास्वपाका नेता तथा कार्यकर्ताले बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन्।
दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो।
सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ।