अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको कोषाध्यक्षमा गौतम निर्बिरोध निर्वाचित

कैलाली । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी को सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा सुन्दर गौतम निर्बिरोध निर्वाचित भएका छन ।

मंगलबार भएको प्रदेश सम्मेलन बाट गौतम निर्बिरोध सुदुरपश्चिम प्रदेशको कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन ।

गौतम राष्ट्रिय कलेज सुखका स्ववियु सभापति समेत रहेका छन । अध्यक्ष सहित अन्य पदका लागि भने निर्वाचन भएको छ। निर्वाचनको अन्तिम मतपरिणाम आउन बाकी रहेको छ । निर्वाचित भएपछि गौतमले संगठन एकढिक्का बनाएर कार्यबिधि हकहितमा आवाज बोल्ने बताएका छन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार