बर्दगोरिया । जिल्ला प्रशासन कार्यालय कैलालीले युवा लक्षित सचेतना कार्यक्रमको थालनी गरेको छ । विद्यालय, क्याम्पस तथा युवा क्लबहरुमा सचेतना अभिवृद्धी कार्यक्रम संचालन अभियान अन्तर्गत शुक्रबार कैलालीको बर्दगोरिया कलेजमा सचेतना कार्यक्रम संचालन गरिएको छ ।
लागू औषध दुव्र्यशनी, त्यसको असर तथा रोकथामका उपायहरुका बारेमा कार्यक्रम मार्फत जानकारी दिइएको छ । बर्दगोरिया कलेजमा भएको कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख, प्रहरी निरिक्षिक डम्मर बिष्टले गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख विजल्ला अधिकारी किरण जोशीले समुदायमा लागुऔषद सेवनको अवस्था, यस बिरुद्धका कानूनी प्रावधान, समुदाय तथा अभिभावकहरुको भूमिका लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला प्रशासान कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले गर्नु भएको थियो । कार्यक्रममा बर्दगोरिया कलेजका अध्यक्ष भीम कुँवर, कलेज प्रमुख चन्द्रा खरेल लगायत सरोकावालाहरु समेत उपस्थिती रहेको थियो । सरोकारवालाहरुले यस्तो कार्यक्रमलाई हरेक विद्यालय, कलेज तथा क्लवबहरुमा निरन्तरता दिनु पर्ने र अभिभावक सचेतना कार्यक्रमहरुलाई समेत संगै जोडेर लैजानु पर्ने कुरामा जोड दिएका छन् ।
















