दलित मुक्ति मोर्चा कैलाली २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न

बर्दगोरिया । नेपाली कमयुनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा कैलाली क्षेत्र नं २ को क्षेत्रीय भेला बर्दगोरियामा सम्पन्न भएको छ।

प्रतिनीधि सभा सदस्य पदको निर्वाचन नजिकिए सङ्गै नेपाली कम्युनिष्टले आफ्नो घरदैलो अभियान सङ्गै पार्टीका विभिन्न भातृ संगठनहरुले पनि आआफ्नो संघठनको भेला गर्दै कसरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदारवार कसरी विजयी गराउने भन्ने विषयमा छलफलका साथै आआफ्नो आन्तरिक तयारीमा जुटेका छन्।

सोही अनुसार आज नेपाली कम्युनिष्ट पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा कैलाली क्षेत्र नम्बर २ ले मोर्चाको क्षेत्रीय भेला सम्पन्न गरेको हो ।

भेलामा पार्टीको उम्मेद्वार लाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्नका साथै सहभागीहरूमा प्रशिक्षण समेत गराइएको थियो ।

दलित मुक्ति मोर्चा कैलाली क्षेत्र नं २ को निर्बाचन परिचालन सहसंयोजक ध्वज बहादुर सुनारको सभा अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य लाल बहादुर सोडारी दर्शन रहेका थिए ।

यस्तै कार्यक्रममा कैलाली क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर (राजेन्द्र) को पनि सहभागिता रहेको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै उम्मेद्वार साउदले आफू २०७४ सालको निर्वाचमा प्रदेश सभाको सदस्य हुँदै गर्दा विकास निर्माणका कार्यमा आफूले दलित समुदाय लाई पनि समेटेर विकासका कार्य गरेको बताए।

यस्तै आसन्न २१ गते हुने प्रतिनीधी सभा निर्वाचनमा आफू निर्वाचित भएमा विकास निर्माणका कार्यहरू सङ्गै संविधानमा दलित समुदायको सहभागिता र अधिकारलाई कसरी मजबुत गराउन सकिन्छ भन्नेकुरा लाई कानुन मा समेत लिखित व्यवस्था गर्ने बताए ।

पार्टीका केन्द्रिय सदस्य, मोर्चाका केन्द्रीय सदस्य, तथा मोर्चा तथा पार्टीमा आस्थावान नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

भेलाले गाउँ टोलमा कसरी आम जनतालाई तारा चुनाव चिन्हमा भोट गर्न सिकाउने? तारा चिन्हमा किन भोट गर्ने? भन्ने विषयमा प्रष्ट जानकारी गराउँदै । तारा चिन्हमा मतदान गराउने भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको संचालन दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी उपाध्यक्ष मनोज बिटालुले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार