मार्गदर्शन एकेडेमीले मनायो १७ औं वार्षिक उत्सव

बौनिया । मार्गदर्शन एकेडेमीले आज आफ्नो १७ औं वार्षिक उत्सव मनाएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका —१ बौनिया मुडा गाउँमा सञ्चालित विद्यालयले आज एक भव्य समारोहका बीच वार्षिक उत्सव मनाएको हो ।

मार्गदर्शन एकेडेमीका सञ्चालक समिति अध्यक्ष खडक सिंह गडसिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । कार्यक्रममा उपस्थित अतिथि तथा अभिभावकहरूलाई स्वागत मन्तव्य मार्फत शिक्षिका सिता चौधरीले स्वागत गरेकी हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुँवरले आफ्नो कार्यकालको पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र खानेपानी रहेको बताए । आफू निर्वाचित भए पश्चात् बर्दगोरियामा पहिलो काम कलेज स्थापना गरेको बताए । उनले भने शिक्षा क्षेत्रमा लगानी गरेपछि मात्र हरेक नागरिक शिक्षित भई देश समृद्ध हुनेछ ।

यस्तै अतिथिहरूमा नव बालबाटीका विद्या मन्दिरका संस्थापक प्रमोद मल्ल मार्गदर्शन एकेडेमीका संस्थापक सदस्य केशव बहादुर शाही सहारा घरका सञ्चालक बल बहादुर बिष्ट लोक देउडा गायिका दिक्रा देबी बादी बौयिाँ जेसीज वर्ष २०२६ का अध्यक्ष भीम बहादुर बिक लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र शिक्षक अभिभावकहरूको उपस्थिति रहेको थियो ।

विद्यालयले वार्षिक उत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल पुरस्कारहरू वितरण सँगै विद्यार्थीहरूको उत्कृष्ट प्रतिभाहरू समेत प्रस्तुत गरेको थियो । यस्तै कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी लगायतका विविध सामाग्रीहरू प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिमकै चर्चित लोक देउडा गायिका दिक्रा देबी बादीले शिक्षक अभिभावकलाई देउडा खेलाएर मनोरञ्जन गराएकी थिईन ।

समारोहमा उपस्थित अतिथि तथा अभिभावकहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल थिरेन्द्र गडसिलाले धन्यवाद मन्तव्य व्यक्त गर्दे यस मार्गदर्शन एकेडेमीलाई अगामी पाँच वर्ष भित्र यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रूपमा स्थापित गर्ने अठोटका साथ मार्गदर्शन नाम मात्र नभई ब्रान्डकै रूपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार