काठमाडौँ । मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म विभिन्न ठाउँमा हिमपातसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । भोलि सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ।
साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।


















