बर्दगोरिया-६ स्थित जगतपुर गाउँमा भलमन्सा (बडघर) चयन

कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका -६ जगतपुर गाउँमा आज भलमन्सा (बडघर) चयन गरिएको छ । भलमन्सामा जीवन डगौरा निर्वाचित भएका छन् जीवन अघिल्लो वर्ष पनि लोकप्रिय मत सहित निर्वाचित भएका थिए यस्तै  चौकीदारमा अनिता चौधरी निर्वाचित भएकी छन अनिता पनि अघिल्लो वर्ष पनि चुनाव जितेरै चौकिदारमा निर्वाचित भएकी थिइन् ।

आज भएको (खोज्नी बोज्नी) भलमन्सा र चौकीदार चयन प्रकृया सर्वसम्मतरूपमा गर्ने प्रयास गरिएपनि एक पदमा २/२ जना उम्मेदवार तयार भएपछि निर्वाचन मार्फत चयन गरिएको जनाइएको छ ।

थारु बाहुल्य क्षेत्रमा हरेक वर्ष थारु समुदायको नयाँ वर्षको रूपमा मनाइने माघको अवसरमा महिनाभरि सर्वसम्मत रूपमा भलमन्सा, चौकीदार र गुरुवा चयन गर्ने प्रचलन चल्दै आएको छ ।

सोही अनुसार आज भएको निर्वाचनमा अन्तिम समयसम्म जम्मा १४८ मत खसेको थियो । जसमा भलमन्सा पदका उम्मेदवार तेतराम डगौराले ७१ मत प्राप्त गर्दा जीवन डगौराले ७६ मत प्राप्त गरी विजयी भएका हुन् ।

यस्तै चौकीदार पदमा लालमति डगौराले ३४ मत प्राप्त गर्दा अनिता चौधरीले सर्वाधिक मत ११४ प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक नरेश बहादुर डगौराले जानकारी दिनुभयो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार