सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत जोशीको विदाई 

बौनिया । सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत कृष्णदेव जोशीको बिहीबार एक औपचारिक कार्यक्रमका बीच विदाई गरिएको छ ।

२०५२ सालदेखि साविक कोटातुल्सीर स्वास्थ्य केन्द्रबाट आफ्नो स्वास्थ्य सेवा सुरु गरेका जोशीको बिहिबार एक औपचारिक कार्यक्रम बीच विदाई गरिएको हो।

जोशी नियमित ३० वर्षदेखि नियमित स्वास्थ्य क्षेत्रमा कार्यरत थिए । आफ्नो कार्यकालमा आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि आफू कार्यरत रहेको स्थानका नागरिकको स्वास्थ्यप्रति निकै नै जिम्मेवारी रही आफ्नो कार्यकुशलता निर्वाह गरेका थिए।

साविक कोटा तुल्सीपुर स्वास्थ्य चौकीबाट आफ्नो स्वास्थ्यकर्म सुरु गरेका जोशी विभिन्न स्वास्थ्य संस्थाबाट सेवा प्रभाव गर्दै हाल पुन बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको कोटातुल्सीपुर स्वास्थ्यचौकी स्वास्थ्य प्रमुख पदमा रहेका थिए।

बिहीबार जनस्वास्थ्य अधिकृत जोशीको एक औपचारिक कार्यक्रमका बीच ससम्मानसहित विदाई गरिएको थियो।

स्वास्थ्यचौकी परिसरमा आयोजित विदाई कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु, पूर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय नन्दबहादुर साउद, वडाका अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

विदाई कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्दबहादुर साउदले आफूले विगतदेखि नै जनस्वास्थ्य अधिकृत कृष्णदेव जोशीले आफ्नो कार्यकालभित्र कुनै पनि प्रकारको विभेद नगरी आम नागरिकको स्वास्थ्यप्रति गम्भीर भएर सेवा प्रदान गरेको बारे प्रष्ट जानकारी रहेको बताए । सोही क्रममा उनले आफू यस क्षेत्रको बासिन्दा भएकोले पनि उहाँले गरेका स्वास्थ्य कर्मप्रति जानकार रहेको बताए । विदाई कार्यक्रममा उनले जन स्वास्थ्य अधिकृत जोशीलाई सुस्वास्थ्य सहित निवृत्त जीवन शुभकामना व्यक्त गरे।

यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जनस्वास्थ्य अधिकृत जोशीको अनुशासित, इमान्दार र सेवामुखी कार्यशैलीले स्वास्थ्यचौकीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले जोशीजस्ता अनुभवी र कर्मठ कर्मचारीको योगदान सधैं स्मरणीय रहने बताउनुभयो ।

विदाई कार्यक्रममा सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै जोशीप्रति सम्मान व्यक्त गरिएको थियो । सो अवसरमा सेवा निवृत्त जनस्वास्थ्य अधिकृत कृष्ण देव जोशीले आफ्नो सेवाकालमा सहयोग गर्ने सबै जनप्रतिनिधि, सहकर्मी र स्थानीयवासीप्रति आभार व्यक्त गर्दै स्वास्थ्य क्षेत्रको निरन्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रमले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका कर्मचारीप्रति कदर र सम्मान व्यक्त गर्दै भावुक वातावरण सिर्जना गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार