नेकपाले गर्यो बर्दिया क्षेत्र न. २ बाट लोकराज जैशी सहित ७ जनाको नाम सिफारिस 

कैलाली । आगामी फागुन २१ गते तोकिएको निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाले बर्दिया जिल्ला क्षेत्र नम्बर २ बाट लोकराज जैशी (लोकेश) सहित सात जनाको नाम सिफारिस गरिएको छ ।

सिफारिस हुनेमा लोकराज जैशी (लोकेश) सहित, दुर्गा बहादुर थारु, सुरेश पन्त, चिन्तामणी आचार्य, बम बहादुर रावल,  संजय थारु रहेका छन् । त्यस्तै महिलातर्फबाट सिता कुमारी आचार्यको नाम सिफारिस गरिएको छ ।

लोकराज जैशी (लोकेश) ले आफ्नो राजनीतिक यात्रा विद्यार्थी जीवनबाट शुरुवात गरेका थिए । राजनीति सङ्गै करिव डेढ दशक सम्म पत्रकारिता पेशामा समेत आवद्व हुँदै समाजिक कार्यमा समेत अग्रसर व्यक्ति हुन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार