बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रामजानकी भक्तिनिया अस्थानमा तेस्रो रामजानकी भक्तिनिया डाँडा अस्थान तीर्थ माघी मेला २०८२ सञ्चालन हुने भएको छ।

रामजानकी भक्तिनिया अस्थान समितिको आयोजना तथा कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रा.लि को सहआयोजनामा उक्त माघी मेला सञ्चालन हुने लागेको हो ।
“हमार भेष भुषा हमार पहिचान ,धर्म ओ साँस्कृती बचैना हमार अभियान” भन्ने मूल नारा सहित रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ माघी मेला २०८२ सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६ सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा २ वर्ष देखि मेला सञ्चालन हुँदै आएको छ ।
माघी मेला माघ २ गते देखि सुरु भई माघ ५ गते सम्म सञ्चालन हुने जनाईएको छ । मेलामा विभिन्न सांस्कृतिक झाँकी, नाचगान तथा थारु गाउँ लगायत विभिन्न स्थानिय तथा राष्ट्रीय कलाकाररुको प्रस्तुतिका साथै स्थानीय विद्यालयका विद्यार्थीहरुको समेत प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष चक्र बहादुर कठरियाले जानकारी दिए ।
मेलामा चर्चित थारु महालोक गायक मनिराम करियाबखरिया, चर्चित गायक ऐ.के थारु, चर्चित मोडल समु चौधरी, मोडल रशिला कठरिया, मोडल पृतु चौधरी, डान्सर तथा टिकटक स्टर दिपिका चौधरी (पडानी), डन्सार अञ्जली चौधरी, डन्सर पुष्पञ्चलि चौधरी, डान्सर युगल जोडी रेमु र गिता, गायक अकित चौधरी गायक किसनलाल चौधरी, गायक भरत ताम्राकार, गायक राजबन्दु चौधरीको प्रस्तुति देख्न पाइने साँस्कृतिक संयोजक सागर चौधरीले जानकारी दिएका छन ।
मेला अवधिभर करिब १ लाख भक्तजन तथा पर्यटकले अवलोकन गर्ने आश गरिएको आयोजक समितिले बताएको छ ।
मेलामा व्यापार व्यवसाय गर्न इच्छुक व्यापारीहरूको लागि पुस १२ गते बाट स्टल बुकिङ खुल्ला गरिने पनि आयोजकले बताएको छ।
















