मोहन्यालको घाटछामा बस पुगेपछि जनतालाई राहत

बौनिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ को घाटछाल सम्म बस सञ्चालन भएपछि स्थानीय बासीलाई राहत भएको छ । स्थानीय नवदुर्गा सामुदायिक बनले समयमै बाटो सरसफाइ गरेपछि बस सञ्चालन सम्भव भएको स्थानीयहरू बत्ताउँछन् ।

“बाटो त पहिल्यै खुलेको हो तर बस चलेको थिएन । बर्खामा भत्किने गाउँपालिकाले पर जेठ वैशाखमा मात्रै सरसफाइ गर्ने, यस्तै थियो । यो चोटि चाहिँ सामुदायिक वनले चाँडो सरसफाइ ग¥यो अनि बस पनि चलाए । हाम्रा लागि सारै राम्रो भयो । बस चढ्न सोल्टा सम्म ८÷१० किलोमिटर हिँड्नु पर्थ्यो त्यो पनि अब त सजिलो भयो ।” स्थानीय नन्द बुढाले भने ।

विगतमा चिसापानीबाट सोल्टा सम्म मात्रै बस सञ्चालन रहेकोमा अब भने घाटछाल सम्म थप करिब ७ किलोमिटर बस सेवा सञ्चालनमा आएको छ । घाट छालमा बस पुगे सँगै मोहन्यालका अजिगरे, साबा, तरेखा, खुमे तथा सुर्खेतको चौकुनेका स्थानीयहरू समेत लाभान्वित भएका छन् । राज्यले हरेक सेवा सुविधाबाट बिकट बनाएको ठाउँका नागरिकहरूलाई सहज सेवा दिन सामुदायिक वनले समयमै सडक सरसफाइ गरी बस स.चालनमा भूमिका खेलेको नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष रेखा बुढा थापाले बताइन ।

उनले भनिन्,… “हाम्रो यी ठाउँहरूमा नत एम्बुलेन्स आउन सक्थ्यो नत प्रहरीको भ्यान नै, अरू यातायातको त कुरै छोडौँ । स्ट्रेचरमा बिरामी बोक्नु पर्ने बाध्यता थियो । ट्याक पहिल्यै खुले पनि समयमा सडक सरसफाइ नहुँदा यातायात सेवाबाट हामीहरू वञ्चित थियौ । यी सबै समस्या हल गर्ने उद्देश्यले सामुदायिक वन नै बाटो सरसफाइमा जुट्यौ र बस चलाउन सम्भव भयो ।”

अहिले चिसापानी–सोल्टा हुँदै घाटछाल सम्म दैनिक एउटा बस सञ्चालन भइरहेको छ भने दैनिक करिब ५० जनाले सहज यात्रा गरिरहेका छन् । बस सञ्चालन भए सँगै असक्त, बिरामी, वृद्ध तथा आम स्थानीयको दैनिकी निकै सहज भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार