कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते 

बौनिया । कैलालीको बर्दगोरीया गाँउपालिका बाट मलामी बोकेर चिसापानी जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका– ४ का ६४ वर्षीय दानबहादुर साउद, ३६ वर्षीय हर्कबहादुर साउँद र १४ वर्षीय सितल साउँद रहेका छन् ।

डीएसपी सिंहका अनुसार पूर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिकास्थित धोबेनी खोलामा सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

यस्तै सोही ट्याक्टर दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेको लम्की चुहा स्थीत लालरन्त अस्पतालमा उपचार भइरहेको छ।

यस्तै मृतकहरुको शव पष्टमार्टमका लागि बर्दगोरीया गाँउपालिकामा संचालित दोदोधारा अस्पतालमा ल्याइएको छ ।

ट्याक्टर धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको बताइएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार