काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको जानकारी दिएको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । त्यस्तै गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ भने देशका पहाडी भू–भागका एक(दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
















