बर्दगोरिया । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना गर्दै अध्यक्ष कुँवरले संविधानको पालना, सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारण लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन अपरिहार्य रहेको बताए।
अध्यक्ष कुँवरले सामाजिक आर्थिक विकासलाई तीव्रता दिनु, राजनीतिक स्थिरता कायम गर्नु र युवाको ऊर्जा सदुपयोग गर्नु वर्तमानको आवश्यकता भएको उल्लेख गरे ।
संविधानको रक्षा र जन-धनको सुरक्षाका निमित्त सम्यमता अपनाई Gen-Z आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना समेत प्रकट गरेका छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नु भएको छ ।
















