तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । मधेस प्रदेशलगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईनजिक रहेको विभागले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार