जातीय छुवाछूत, महिला तथा घरेलु हिंसा सम्बन्धी अभिमुखीकरण तालीम लम्की चुहा १० मा सम्पन्न

बौनिया । जातीय छुवाछुत, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी ३ दिने अभिमुखीकरण तालीम कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा सम्पन्न भएको छ ।

महिला जागरण केन्द्र नेपालको आयोजनामा र टेवा अनुदान नेपालको आर्थिक सहयोगमा मङ्गलवार देखि सुरु भएको उक्त जातीय छुवाछुत, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी ३ दिने अभिमुखीकरण तालीम कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा सम्पन्न भएको हो ।

 

तिन दिने अभिमुखीकरण तालिममा जातीय छुवाछूत, भनेको के हो रु यसको सुरुवात कसरी भयो रु नेपालको संविधानले जातीय छुवाछुतको लागि कस्तो कानुनी व्यवस्था छ रु महिला हिंसा भनेको के हा रु घरेलु हिंसा भनेको के होरु नेपालको संविधान महिला हिंसाको लागि कस्तो व्यवस्था छ रु लगायतका विषय छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

 


कार्यक्रममा प्रमुख अतिथि लम्की चुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहेका थिए ।
कार्यक्रम लार्ई सम्बोधन गर्दै वडा अध्यक्ष कठरियले मानव मानव बिच गरिने विभेदको अन्त गर्न सबै एक जुट हुन जरुरी रहेको बताए । पछिल्लो समय यसको अन्त्यको लागि स्थानीय सरकार देखि केन्द्र सरकार का साथै विभिन्न सङ्घसंस्था ले आ–आफ्नो स्थानबाट गर्न सक्ने जति प्रयास गरेको भए पनि यसलाई व्यवहारिक जीवन भनेमा उतार्न नसिएको बताए ।

 

यस्ता विभेद पहाडी समुदायले मात्र गर्ने गरेका बताउँदै थारु समुदायमा भने नरहेको बताए ।

तालिममा सहभागीको तर्फबाट एक जनाले बोल्दै आफूहरूले अरूको मुखबाट कानुन सम्बन्धी विभिन्न कुरा सुनेको भए पनि आज आफैले तालिममा आएर यसको बारेमा प्रस्ट रूपमा जनकारी पाएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमको आयोजना गर्न आयोजक संस्था लाई अनुरोध गरे ।
तालिममा लम्की चुहा नगरपालिका वडा नम्बर ६,८ र १० का महिलाहरूको सहभागिता रहेको छ ।

 


तालिममा सहभागी सबै जना सहभागी तथा अतिथिहरूले विगतमा जे जस्तो भए पनि आजकै दिनबाट आफूहरू कुनै पनि प्रकार हिंसा तथा भेदभाव नगर्ने कुरामा हस्ताक्षर सहित प्रतिवद्धता व्यक्त गरेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार