लम्की चुहा १० मा ३ दिने छुवाछूत, महिला तथा घरेलु हिंसा सम्बन्धी अभिमुखीकरण तालीम सुरु

बौनिया । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा जातीय छुवाछुत, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धी ३ दिने अभिमुखीकरण तालीम सुरु भएको छ ।

 

महिला जागरण केन्द्र नेपालको आयोजनामा र टेवा अनुदान नेपालको आर्थिक सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो ।

तिन दिने अभिमुखीकरण तालिममा जातीय छुवाछूत, भनेको के हो रु यसको सुरुवात कसरी भयो रु नेपालको संविधान जातीय छुवाछुतको लागि कस्तो कानुनी व्यवस्था छ रु महिला हिंसा भनेको के हो रु नेपालको संविधान महिला हिंसाको लागि कस्तो व्यवस्था छ रु लगायतका विषय मा छलफल तथा अन्तरक्रिया हुने आयोजक संस्थाकी अध्यक्ष विष्णा बिसी ९सपना० बताइन् ।

 

उद्घाटन सत्रका प्रमुख अतिथि लम्की चुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडा अध्यक्ष कठरियले मानव मानव बिच गरिने विभेदको अन्त गर्न सबै एक जुट हुन जरुरी रहेको बताए । पछिल्लो समय यसको अन्त्यको लागि स्थानीय सरकार देखि केन्द्र सरकार का साथै विभिन्न सङ्घसंस्था ले आ–आफ्नो स्थानबाट गर्न सक्ने जति प्रयास गरेको भए पनि यसलाई व्यवहारिक जीवन भनेमा उतार्न नसिएको बताए । यस्ता विभेद पहाडी समुदायले मात्र गर्ने गरेका बताउँदै थारु समुदायमा भने नरहेको बताए ।

 

वडा अध्यक्ष कठरियाले भने, ‘विभेद हरेक जातमा रहेको छ। दलितमा मात्रै विभेद छैन, हरेक जातमा छ। यसलाई न्यूनीकरण गर्नको लागि आफूमा भएको क्षमतालाई वृद्धि गर्ने, शिक्षित हुने र सम्पन्न बन्नु पर्छ । विभेद रहित समाज निर्माण गर्न आजै बाट सर्वप्रथम आफूबाट सुरुवात गर्न जरुरी छ । सबै म कसैलाई जातीय तथा लैङ्गिक रूपमा विभेद गर्दैन र गर्न पनि दिँदैन भन्ने सङ्कल्प लिए विभेद रहित समाज निर्माण गर्न कुनै समय लाग्दैन ।

अभिमुखीकरण तालिममा लम्की चुहा नगरपालिका वडा नम्बर ६, ८ र १० का महिलाहरूको सहभागिता रहेको छ । तालिम आगामी तीन दिन अर्थात् श्रावण २२ गते सम्म सञ्चालन हुने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार