रास्वपा सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आव्हान गरिएको छ। आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।

 

बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै संसदीय दलको बैठक रुपन्देही, रुपन्देही ३ उपनिर्वाचनको तयारी र सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति अपडेटबारे पनि छलफल हुने बताइएको छ ।

 

विधान व्याख्या ९अनुशासन आयोगको प्रयोजनको लागि० अनुमोदन सम्बन्धमा, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ताका सम्बन्धमा र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सुचीबाट नाम हटाउने सम्बन्धी निवेदनका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना गर्ने सम्बन्धमा, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप सम्बन्धमा, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान सम्बन्धमा र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार