करेन्ट लागेर बैतडीमा एक किशोरको मृत्यु

कैलाली । बैतडीको डिलाशैनी गाउँपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका वडा नं. ३ गिरी बगरका १३ वर्षीय किरण कोली रहेका छन् । उनको विद्युत् पोलबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार शनिवार दिउँसो स्थानीय डिन्नीगाड खोलमा बालुवा सङ्कलन गरिरहेका किरण नजिकै रहेको बिद्युत्को पोलमा छोइदा गम्भीर घाइते भएका थिए।
घाइते किरणलाइ उपचारको लागी गोकुलेश्वर अस्पताल पुर्‍याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको पाण्डेयले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार