कैलालीको बर्दगोरियामा धारिलो हतियार प्रहारबाट एक किशोरीको मृत्यु  

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाम धारिलो हतियार प्रहार बाट एक किशोरी गम्भीर घाइते भएकी एक किशोरीको मृत्यु भएको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी बर्दगोरिया गाउँपालिका वडा ३ निवासी १७ वर्षीया यातना सेजुवाल थप उपचारका लागि धनगढी लगिएकोमा उनको उपचारका क्रममा धनगढी स्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार बिहान करिब ९; ५० बजेको समयमा सोही पालिका वडा नम्बर १ निवासी ३२ वर्षीया नृप साउदले सेजुवाल माथी धारिलो हतियार प्रहार गरेका थिए ।

साउद र सिजवाल बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्ने कर्मचारी हुन ।

धारिलो हतियार प्रहार बाट गम्भीर घाइते भएकी सिजवाललाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि धनगढी स्थिति निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सेजवालकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिनेछ ।

धारिलो हतियार प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको लिएकाे छ । चक्कु प्रहार गर्नुकाे कारण भने खुलेकाे छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार