
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा धारिलो हतियार प्रहार बाट एक किशोरी गम्भीर घाइते भएकी छ्न ।

घाइते हुनेमा बर्दगोरिया गाउँपालिका वडा ३ निवासी १७ वर्षीया यातना सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार बिहान करिब ९; ५० बजेको समयमा सोही पालिका निवासी ३२ वर्षीया नृप साउदले सेजुवाल माथी धारिलो हतियार प्रहार गरेका थिए ।

साउद र सिजवाल बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्ने कर्मचारी हुन ।

सिजवाल माथी साउदले होटेलमै धारिलो हतियार प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । धारिलो हतियार प्रयोग पछि गम्भीर घाइते भएकी सिजवाललाई स्थानीय बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि धनगढी स्थिति सेती प्रादेशिक अस्पतालमा थप उपचारका लागि लगिएको छ । भने धारिलो हतियार प्रयोग गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ ।