बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित श्री बाल कन्या माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे र ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ ।


बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सोमबार एक औपचारिक कार्यक्रमका बिच भवनको रिबन काटेर उद्घाटन गरेका हुन ।
भवनको उद्घाटन भएसँगै अव श्री बाल कन्या माध्यमिक विद्यालयका विद्यार्थी हरूले सुविधा सम्पन्न नव निर्मित भवनबाट गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएका छन । विगतका दिनमा टिनका छाना मुनि रही अध्ययन गराउँदै आएको श्री बाल कन्या माध्यमिक विद्यालयले अबका दिनहरूमा सुविधा सम्पन्न नव निर्मित भवनबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने भएको हो ।

यसका साथै उक्त उद्घाटन कार्यक्रम विद्यालयलाई विगतका दिन देखि हाल सम्म आएर विभिन्न स्थानमा रही शिक्षा प्रदान कार्यक्रममा आफ्नो अमूल्य सहयोग गरेको भन्दै उनीहरूको योगदानको मूल्याङ्कनका आधारमा शिक्षक तथा पूर्व विद्यालय व्यवस्थापन का अध्यक्ष तथा पूर्व शिक्षक अभिभावक सङ्घका अध्यक्ष लाई सम्मान समेत गरेको थियो ।
यस्तै शैक्षिक सत्र २०८१ को एस.इ.इ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी लाई समेत सम्मान गरिएको थियो ।
सोही कार्यक्रम मार्फत विद्यालयले नयाँ कार्यको थालनी गरेको छ । जस अनुसार विद्यालयले लक्षित वर्गका विद्यार्थी हरूलाई सहयोग पु¥्याउने हेतुका साथ श्री बाल कन्या कल्याण कोष को स्थापना समेत गरेको छ ।
जुन कार्यलाई सफल पार्न बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले ५१ हजार, विद्यालयका प्र.अ सुशीला देवी कुँवरले क्रमशः २० हजार, वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले १५ हजार, वडा नं. २ का वडा अध्यक्ष गोविन्द वि.क.ले ५ हजार १ सय, विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त राज जैसीले ५ हजार १ सय, लाल बहादुर गडसिलाले ५ हजार १ सय, कार्यपालिका सदस्य सरस्वती तिरुवाले ५ हजार १ यस रुपैयाँ जम्मा गरेका छन ।
यो रकम जम्मा भएसँगै अव श्री बाल कन्या माध्यमिक विद्यालयमा अध्ययनरत तथा अध्ययन गर्न आउने गरिब विपन्न परिवारका बालबालिकाले श्री बाल कन्या कल्याण कोषबाट अध्ययन गर्न पाउने भएका छन ।
















