
बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा हरेक वर्ष जस्तै यस वर्ष पनि थारु समुदायको पहिलो टिहुवारका रूपमा रहेका गुरही असरैना कार्यक्रम हुने भएको छ ।

“थारु भाषा ,सांस्कृतिक हमार पहिचान संरक्षण , संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ हरेक वर्ष नाग पञ्चमीका दिन थारु समुदायले आफ्नो पहिलो टिहुवारका रूपमा मनाउने गुरही असरैना कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सञ्चालन हुने भएको हो ।

तर विगतका दिनहरूमा गुरही असरैना विशेष रूपमा हुने यो कार्यक्रम यस वर्ष भने नाग पञ्चमीलाई समेत विशेष रूपमा समेटिने भएको छ । कार्यक्रम श्रावण १३ गतेका दिन हुने आयोजक संस्था कैलाली इभेन्ट एन्ड मिडिया नेटवर्क प्रा ली.ले जानकारी दिएको छ ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने भएको हो ।

“थारु भाषा ,सांस्कृतिक हमार पहिचान संरक्षण ,संवद्वन कर्ना हमार अभियान ” भन्ने नाराका साथ विगत २१ सय वर्ष देखि मनाउँदै आएको गुरही असरैना कार्यक्रममा यस वर्ष भने नाग पञ्चमीलाई समेत विशेष रूपमा समेटिएको आयोजकले जानकारी दिएको छ ।

बर्दगोरिया ६ मा हुने गुरही असरैना कार्यक्रमको माध्यमबाट बर्दगोरिया ६ नं. वडामा भएको विकासको प्रचार र आगामी दिनहरूमा वडा सरकारले गर्नु पने विकासको बारेमा उक्त सांस्कृतिक कार्यक्रम मार्फत वडा सरकारलाई सचेतना गराउने उद्देश्य रहेको आयोजकले बताएको छ ।
गुरही असरैना कार्यक्रम परापूर्व काल देखिनै विशेष गरी थारु समुदायले आफ्नो पहिलो तिहुवारका रूपमा मनाउने प्रचलन रहिआएको छ । यस दिन कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोबास रहेका स्थानमा भव्य रूपमा मनाउने प्रचलन रहिआएको छ ।
गुरही असरैना कार्यक्रममा थारु समुदायका परिकार र कला संस्कृति र मौलिकता झल्काउने भेष भूषा र, मन्दरहुवानाच सहितको, प्रदर्शन गरी विभिन्न थारु समुदायका खानाका परिकार समेत खाने प्रचलन रहिआएको छ ।
तर यस वर्षको उक्त कार्यक्रम पहाडी समुदायका पनि विभिन्न परम्परागत कला संस्कृतिको समेत प्रस्तुति रहने भएको छ ।