बर्दगोरिया ५ को निर्मित श्री राम जानकी मन्दिरको पूर्व मन्त्री चौधरीद्वारा उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा नव निर्मित श्री राम जानकी मन्दिर भवनको आइतबार सुदूरपश्चिम प्रदेश सरकारका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले उद्घाटन गरेका छन ।
वडाको रामपुर गाउँमा प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय द्वारा विनियोजित १० लाख रुपैयाँ बाट उक्त श्री राम जानकी मन्दिरको भवन निर्माण सहित गेट निर्माण गरिएको हो ।
आइतबार बदगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले गरेका थिए ।
कार्यक्रममा नव निर्मित भवनको उद्घाटन सहित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री चौधरीले आफू आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगी रहँदा यस राम जानकी मन्दिरको भवन जीर्ण अवस्था रहेको देखेपछि आफ्नो मन्त्रालय बाट भवन र गेट निर्माणका लागि उक्त बजेट विनियोजित गरेको बताए ।
आफूले विशेष गरी आफ्नो निर्वाचन क्षेत्र थुप्रै स्थानमा मठ मन्दिर, पुल पुलेसा, सडक निर्माण तथा कालोपत्रे, तटबन्ध, लगायत कृषि मन्त्री रहँदा कृषि क्षेत्रमा विभिन्न अनुदानका कार्यक्रम, डिप बोरिङ जस्ता विभिन्न विकास  निर्माणका कार्यहरू भएको बताए । यसका साथै विभिन्न थारु समुदायको हकमा र अन्य समुदायको हकमा पनि आवश्यक कानुन निर्माण गरी विकास निर्माणका कार्यलाई जोड दिएको बताए ।
सोही क्रममा मन्त्री चौधरीले पछिल्लो समयमा आफूहरूमाथि राजनीति पूर्वाग्रह भएको बताउँदै आफ मातहतमा नभएका कार्यहरू समेत जोडेर प्रदेश सरकारले आफू माथि ठुलो अन्याय भएको बताए ।
यस्तै कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष भोलेराम चौधरीले पूर्व मन्त्री चौधरीले आफ्ना मागहरूलाई सहज पूर्वक समेटेको बताउँदै धन्यवाद समेत व्यक्त गरे । उनले भने पूर्व मन्त्री ज्यु ले वडा नम्बर ५ को विकासका निम्ति आफ्नो सकारात्मक पक्ष देखाउँदै आउनु भएको छ र आगामी दिनमा पनि यहाँले यस वडालाई सकारात्मक तरिकाले विकास निर्माणका कार्यप्रति ध्यान केन्द्रित गरिरहन समेत अनुरोध गरे ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार