कर्मचारी सञ्चय कोषः आजदेखि लागू भयो नयाँ ब्याजदर, केमा कति ?

काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई दिइने वार्षिक ब्याजदर तथा विभिन्न सापटीमा लिने ब्याजदर संशोधन गरेको छ । कोष सञ्चालक समितिको निर्णय अनुसार नयाँ ब्याजदरहरू आजदेखि लागू गरिएको छ ।

 

निर्णयअनुसार सञ्चयकर्ताको सञ्चय कोष रकम र निवृत्तिभरण कोष रकममा ५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिनेछ ।

 

त्यस्तै, कोषले उपलब्ध गराउने विभिन्न सापटीमा लिइने ब्याजदर यसप्रकार छस्

विशेष सापटीः ६.२५ प्रतिशत
घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीः ७.२५ प्रतिशत
जग्गा खरिद सापटी तथा सरल सापटीः ७.५० प्रतिशत

विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्तालाई ०।२५ प्रतिशत छुट प्रदान गरिने व्यवस्था गरिएको छ ।

कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण तथा घर–जग्गा खरिदका लागि रु. १ करोडसम्म, घर मर्मतका लागि रु. ३० लाखसम्म, शैक्षिक सापटी (स्वयं, पति÷पत्नी वा छोरा÷छोरीको उच्च शिक्षाका लागि) रु. ४० लाखसम्म र भैपरी आउने कार्यका लागि सरल सापटी अन्तर्गत रु. ६० लाखसम्म सापटी उपलब्ध गराउँदै आएको छ ।

यस्तै, सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा आधारित भई ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा दिइने व्यवस्था पनि कायम रहेको कोषको भनाइ छ ।

हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिब ५ लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार ३९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आबद्ध रहेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार