जनकल्याण सामुदायिक वन मोहन्याल ३ द्वारा विद्यालयलाई आर्थिक सहयोग

बर्दगोरिया । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौना रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले विद्यालयलाई आर्थिक नगद सहयोग गरेको छ ।

 

सामुदायिक बनले स्थानीय विद्यालयहरूलाई कुल रु ९ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

 

सामुदायिक बनले शिक्षा क्षेत्रको सुदृढीकरणमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले अत्यन्तै सकारात्मक रूपमा लिएका छन् । साथै स्थानीय तथा विद्यालय परिवारले सामुदायिक बनलाई धन्यवाद व्यक्त गरेका छन् ।

सामुदायिक बनका अध्यक्ष जनक राज गिरिले सामाजिक उत्तरदायित्व सँगै विद्यालयलाई केही राहत होस भन्ने उद्देश्यले सहयोग गरेको बताए । सामुदायिक बन सबैको हो,त्यसैले विद्यालयलाई केही नगद सहयोग गर्दा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयलाई नगद सहयोग गरेको बताए ।

सामुदायिक बनले वडा नम्बर ३ मा रहेका शान्ति माध्यमिक विद्यालय, फलेविसौनालाई ७ लाख, चाँदनी आधारभूत विद्यालय, तल्लो फलेविसौनालाई २ लाख , राष्ट्रिय आधारभूत विद्यालय, सल्लेरीलाई ३० हजार र लालीगुराँस आधारभूत विद्यालय, बुढी आमलाई ३० हजार नगद सहयोग गरेको हो ।

सामुदायिक बनले समुदायको हित हुने विभिन्न व्यक्ति तथा आफ्ना उपभोक्ताहरूलाई कहिले नगद त कहिले दाउरा,काठ मार्फत सहयोग गर्दै आएको छ । समुदायको हित र आफ्ना नागरिकको सुरक्षाका लागी सामुदायिक बनबाट सानो सहयोग गरेको सामुदायिक बनका अध्यक्ष जनक राज गिरिले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार