स्थानीय सेवा ऐनः बर्दगोरियका २१ कर्मचारीको बढुवा, हेर्नुहोस नामसुची सहित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका २१ जना कर्मचारी बढुवा भएका छ । प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ ल्याए सँगै बर्दगोरिया गाउँपालिकाका २१ जना कर्मचारी बढुवा भएको हो ।

 

जसमा स्वास्थ्य क्षोत्रमा कार्यारत ६ जना, लेखामा कार्यारत ३ जना, प्राविधिक ६ जना र प्रशासन सहित अन्य ६ जनाको एक तह वृद्धि सहित तह मिलान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पालिकामा कार्यरत ८ जना चौथोबाट पाँचौँ तहमा बढुवा भएका छन् भने ९ जना पाँचौँबाट छैटौँ तहमा बढुवा भएका छन् । यस्तै ४ जना छैटौँबाट सातौँ तहमा बढुवा भएका छन् । सातौँ तहमा बढुवा हुनेमा लेखा अधिकृत धर्मराज उपाध्याय, जनस्वास्थ्य अधिकृत नृपबहादुर विष्ट, जनस्वास्थ्य अधिकृत मीनबहादुर धामी र जनस्वास्थ्य अधिकृत जगदीश कुश्मी रहेका छन् ।

यस्तै पाँचौँबाट छैटौँ तहमा बढुवा हुनेहरूमा अधिकृत (लेखा) डिल्लीराज खनाल, अधिकृत (आ.ले.प) विष्णु विष्ट, सी.अ.हे.व. अधिकृत अनिल बहादुर सिंह, सी.अ.हे.व. अधिकृत भरत विश्वकर्मा, सी.अ.हे.व. अधिकृत बिरबल चौधरी, अधिकृत (प्रशासन) अशोक भण्डारी, अधिकृत (प्राविधिक) सुनिल जोशी, अधिकृत (कम्प्युटर) सीताराम चौधरी र अधिकृत (प्राविधिक) जगदीश कुमार कठरिया रहेका छन् ।

चौथोबाट पाँचौँ तहमा बढुवा हुनेमा सहायक प्रशासन गणेश प्रसाद भट्ट, सहायक विविध पानमती राना, सहायक प्रशासन शेरबहादुर बडायक, सहायक प्रशासन दुर्गा ढुङ्गाना, सहायक इन्जिनियरिङ श्रवण चौधरी, सहायक इन्जिनियरिङ तारा कुमार थारु, सहायक इन्जिनियरिङ राजेन्द्र डगौरा र सहायक इन्जिनियरिङ मोहन सिंह मडै रहेका छन् ।

तह वृद्धि भएकाहरूलाई सोमबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी बधाई सहित प्रमाणपत्र प्रदान गरेको छ । हाल गाउँपालिकामा ४४ जना स्थायी कर्मचारी कार्यरत रहेका छन् ।

यस्तो छ ऐनमा,
प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन २०८१ को दफा ९ को उपदफा २, ३ र ४ बमोजिम सेवा अवधि पुगेका कर्मचारीहरिलाई एक तह वृद्धि तथा तह मिलान गरिएको हो । ऐनको उपदफा २ मा सङ्घीय लोकसेवा आयोग वा आयोगबाट सञ्चालित खुल्ला प्रतियोगितात्मक परिक्षा द्धारा छनौट तथा सिफारिस भई स्थानीय तहको छैटौँ तहको पदमा नियुक्ति भइसकेका कर्मचारीलाई स्थानीय सेवाको सातौँ तहका लागी आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेको भएमा अख्तियारवालाले एक पटकका लागी सातौँ तह कायम गरिदिने उल्लेख छ ।

यस्तै ऐनको उपदफा ३ मा सङ्घीय लोकसेवा आयोग वा प्रदेश लोकसेवा आयोगबाट चौथोरपाँचौँ तहमा छनौट तथा सिफारिस भएका वा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका चौथौँरपाँचौँ तहका कर्मचारीको सेवा अवधि यस ऐन प्रारम्भ हुँदाका बखत पाँच वर्ष पुरा भएको भए एक पटकका लागी एक तह माथिको पदमा अख्तियारवालाले कायम गरिदिने उल्लेख छ ।

यस्तै उपदफा ४ मा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम सङ्घीय स्वास्थ्य सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथोरपाँचौँरछैटौँ तहमा कार्यरत कर्मचारीहरूको सेवा अवधि यस ऐन प्रारम्भ हुँदाका बखत पाँच वर्ष पुरा भएको भए एक पटकका लागी एक तह वृद्धि गरिने भनिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार