
काठमाडौं । हात्तीको आक्रमणबाट बिर्तामोड–७ मा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका हुन्।

हात्तीको आक्रमण बाट गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो।
