
बर्दगोरिया । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा सञ्चालित नवलपुर बालबाटीका विद्या मन्दिर र आदर्श सामुदायिक विद्या मन्दिरले सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन ।

पालिकाका ६ वटा सामुदायिक र ३ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नवलपुर बालबाटीका विद्या मन्दिर र आदर्श सामुदायिक विद्या मन्दिरले पालिकामै सत प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएका हुन ।
नवलपुर बालबाटीका विद्या मन्दिरले विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थी हरूलाई सत प्रतिशत उर्तिण गराउन सफल भएको हो । जसमा १ जनाले ( A+) ग्रेड, १२ जनाले (A ) ग्रेड, र ७ जनाले ( B+) ग्रेड ल्याउँदै सत प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको हो ।
यस्तै सोही वडामा सञ्चालित अर्को आदर्श सामुदायिक विद्या मन्दिरले पनि पालिकामै सत प्रतिशत विद्यार्थीलाई उर्तिण गराउन सफल भएको छ ।
आदर्श सामुदायिक विद्या मन्दिरले विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थी हरूलाई सत प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको हो । जसमा १५ जनाले ( A) ग्रेड, ११ जनाले (B+) ग्रेड, ३ जनाले (B ) ग्रेड र २ जनाले (C+) ग्रेड ल्याउँदै सत प्रतिशत उर्तिण गराउन सफल भएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बर्दगोरिया बाट ६ सामुदायिक र ५ संस्थागत विद्यालय सहित ११ विद्यालयका विद्यार्थी हरू सहभागी जनाएका थिए । जसमा नवलपुर बालबाटीका विद्या मन्दिर र आदर्श सामुदायिक विद्या मन्दिरले सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै पालिकामै विद्यार्थी उर्तिण प्रतिशतको आधारमा प्रथम हुन सफल भएका हुन ।