
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एसइई परीक्षामा सहभागी भएका ४६ दशमलव ३५% विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी कुल ६ सय ५८ जना विद्यार्थीमध्ये ३ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका हुन ।

उत्तीर्ण भएका मध्ये ३४ दशमलव ३१% सामुदायिक विद्यालय र ८९ प्रतिशत ३९% विद्यार्थी संस्थागत विद्यालयका हुन । सामुदायिक विद्यालयबाट सहभागी कुल ५ सय ४५ विद्यार्थीमध्ये १ सय ८७ जना अर्थात् ३४ दशमलव ३१% विद्यार्थी उत्तीर्ण भएका छन् । भने संस्थागत विद्यालयबाट सहभागी भएका १ सय ३२ जनामध्ये १ सय १८ जना अर्थात् ८९ दशमलव ३९% विद्यार्थी उत्तीर्ण भएका हुन ।