
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को पर्यटकीय क्षेत्र ठाकुरद्वारामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले अनुगमन गरेका छन् ।


वडा नं. ५ को एक मात्र पर्यटकीय क्षेत्रको रूपमा रहेका निर्माण भएको ठाकुरद्वारामा बिहीबार मन्त्री चौधरीले अनुगमन गरेका हुन ।
अनुगमनका क्रममा मन्त्री चौधरीले हालै मात्र निर्माण भएको हात्तीको सालिकको अनुगमन गर्दै वडा नं. ५ को उक्त क्षेत्र लाई पार्क सहितको पिक्नीक स्पोर्ट रूपमा निर्माण गरी यस क्षेत्रलाई थप आकर्षक र लोभलाग्दो पार्कको रूपमा अगाडि बढाउनु पर्ने बताए ।

आफूले यस क्षेत्रलाई थप आकर्षक र लोभलाग्दो पार्क निर्माणमा पूर्ण सहयोग रहने बताए । विशेष गरी यो आफ्नो निर्वाचन क्षेत्र भएकाले पनि यस क्षेत्रका विभिन्न विकास निर्माणका कार्यमा आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
यस्तै आर्थिक वर्ष २०८२/०८३ मा यश क्षेत्रलाई पिकनिक स्पोर्ट्स बनाउन १० लाख बजेट समेत विनियोजित गरेको मन्त्री चौधरीले बताए ।
यस्तै बर्दगोरिया गाउँपालिकाका पूर्व अध्यक्ष बलिराम डगौरा थारु, वडा अध्यक्ष भोलेराम चौधरीले समेत अनुगमन गरेका थिए ।