
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा किटजन्य रोग (औलो, कालाजार, डेंगु र मलेरिया) नियन्त्रणका लागि वडा स्तरीय अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार गाउँपालिकामा संचालित दोदोधरा अस्पतालको आयोजनामा पालिकाको वडा नम्बर १ का जनप्रतिनिधि तथा स्वास्थ्य स्वयंसेवककाहरु सँग औलो, कालाजार र डेंगु रोग नियन्त्रणका लागि अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रम गरेको हो ।


किटजन्य रोग भनेको के हो ? यस बाट कसरी बच्ने ? यसका लक्षण के–के हुन ? यसका रोकथामका उपाएहरु के हुनु? भन्ने विषयमा दोदोधरा अस्पतालका अस्पताल प्रशासन प्रमुख युजिन कुस्मीमे प्रशिक्षण गराएका हुन ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिक प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, कार्यपालिका सदस्य मिरा आले, वडा नम्बर १ का वडा सदस्य राम चन्द्र कठरिया, प्रकाश साउद, वडा नम्बर १ का स्वास्थ्य स्वयंसेवककाको सहभागी रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य कर्मी सि.अ.हे.व. भरत रसाइलीले गरेका थिए ।

यी किटजन्य रोग (औलो, कालाजार डेंगीु र मलेरिया) सम्बन्धि जन्नैपर्ने केही तथ्यहरु
१. औलो रोगका लक्षणहरु ः–
औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्।
निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति अनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्यु समेत हुने सम्भावना हुन्छ।
नेपाली कामको सिलसिलामा विभिन्न ठाउँ जाने गर्छन्। विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गर्छन्। अफ्रिकन देशहरुमा पनि औलोको जोखिम बढी छ, त्यहाँबाट आएका मानिसमा पनि औलोको जोखिम हुन्छ।
औलोको रोकथाम र उपचार ः–
खास गरेर औलोको उच्च जोखिममा रहेका केही जिल्ला छन्। ती जिल्लामा औलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। ज्वरो आएका बिरामीलाई रगत जाँच गर्ने र मलेरियाको संक्रमण देखा परे तत्काल उपचार गर्ने गरेका छौं।
शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परीक्षण गरेपछि मात्र औलो भए÷नभएको पत्ता लगाउन सकिन्छ। नेपालमा औलो रोगको लक्षणहरुका आधारमा परीक्षण, सूक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी औलो रोग भए नभएको निदान गरिन्छ।
औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरिका औषधि सरकारको तर्फबाट निःशुल्क उपलब्ध छ। परजीवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टाछुट्टै हुनेगर्छ। स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूर्णरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ।
औषधि निष्प्रभावि बन्दै जानु पनि औलो रोग नियन्त्रणमा समस्याको विषय हो। यद्यपि, कुन औषधिले काम गर्छ, कुनले गर्दैन भनेर नेपालमा बेलाबेला औषधिमाथि अनुसन्धान भइरहेको छ। विशेषज्ञहरु अनुसन्धानका आधारमा औषधिका रेजिमहरु परिवर्तन भएका छन्, जसले गर्दा अहिले त्यस्तो समस्या खासै देखिएको भने छैन।
कसरी सर्छ कालाजारः–
यो रोगको कारक परजीवी लिस्मेनिया पोथी भुसुनाको टोकाइबाट कालाजार मानिसमा सर्छ। प्रायस् गर्मीयाममा साँझपख र राति भुसुनाहरु बढी सक्रिय हुन्छन्। लिस्मेनिया परजीवी कुकुरमा पनि पाइन्छ। संक्रमित कुकुरलाई टोकेका भुसुनाले मान्छेलाई टोक्दा पनि यो रोग सर्न सक्छ। संक्रमित रगत ट्रान्स्फ्युज गर्दा वा एउटै सिरिन्ज रोगी तथा अन्य मानिसलाई प्रयोग गर्दा यो रोग सर्छ ।
रोगका लक्षण ः–
भुसुनाले टोकेपछि यो रोगका लक्षणहरु देखिन २–८ महिना लाग्छ।
दुब्लाउनु, कमजोर हुनु, खोकी लाग्नु, महिनौँ ज्वरो आउनु, जिउको रङ कालो हुँदै जानु, छाला खस्रो हुनु, रक्त अल्पता, राति पसिना आउनु, पेट फुल्नु, कलेजो तथा स्प्लिनको आकार बढ्नु, रगत बग्नु आदि कालाजार रोगका लक्षणहरु हुन्।
निदानः
रगतको जाँच तथा हाडभित्रको मासी जाँच गरेर यो रोगको निदान गरिन्छ।
उपचारस् कालाजार उपचारबाट निको हुने रोग हो। एम्फोटेरेसिन बि, सोडिएम स्टिबोग्लुकोनेट, मिल्टेफोसिन आदि कालाजार विरुद्ध प्रयोग गरिने औषधि हुन्।
बच्ने उपाय ः–
कालाजार विरुद्ध अहिलेसम्म खोप उपलब्ध छैन। ‘भुसुनाको टोकाइबाट बच्नु नै रोगबाट बच्ने एक मात्र उपाय हो।’ यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छः
–लामो बाहुला भएको कमिज, लामो पेन्ट र मोजा लगाउने।
–भुसुना भगाउने तेल वा क्रिमले शरीरमा मालिस गर्ने।
–साँझको बेला घरबाहिर नघुम्ने।
–यथासम्भव, माथिल्लो तलामा सुत्ने।
–झुल लगाउने। मच्छडभन्दा भुसुना साना हुन्छन् त्ययसैले झुलभित्र घुस्न सक्छन् भन्ने कुरामा ध्यान दिने।
–भुसुना नियन्त्रण गर्ने रासायनिक पदार्थ छर्किन स्वास्थ्य निकायलाई जानकारी गराउने।
–भुसुना फैलिन नदिन घर तथा घर वरिपरि सरसफाइमा ध्यान दिने ।
२. डेंगीका मूख्य लक्षणहरू
–उच्च ज्वरो आउन,–जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु,–आँखाको गेडी दुख्नु,–बेस्सरी टाउको दुख्नु,–शरीरमा राता बिमिराहरू आउनु,–वाकवाकी लाग्नु वा वान्ता हुनु,
डेंगीबाट बच्ने उपायहरू
एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
–बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
–पूरै शरिर ढाक्ने लुगा लगाउने ।
पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
घर÷विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क÷बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?
स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
३.स्क्रब टाइफस भनेको के हो ?
स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्दछ । माइट प्राय जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ।
स्क्रब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।
स्क्रब टाइफसका लक्षणहरु–
धेरै जवरो आउनु ( काम ज्वरो समेत आउन सक्छ )
– धेरै टाउको दुख्नु
– पसिना धेरै आउनु– आँखा रातो हुनु
– झाडापखाला लाग्नु
– किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु ।
स्क्रब टाइफसबाट बच्ने उपायहरु के–के हुन् ?–
खेतवारीमा काम गर्दा वनजंगल ÷झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइं सम्म बुट लगाउने – घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने – सम्भव भएसम्म भुइँमा नबस्ने । खाटमा वा अग्लो स्थानमा सुत्ने÷बस्ने – सकेसम्म घाँसवारी र चउरमा नबस्ने – चउरमा,वारी ,झाडी,घाँस तथा धुरान बढ्न नदिने
– मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने । स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।
४. मलेरिया भनेको के हो ?
नेपालको तराई भू–भागमा बढी देखिन्छ । मलेरियाको कारक प्लाज्मोडीयम भन्ने परजिवी (प्यारासाइट) हो । यसका पनि विभिन्न प्रजातिहरु छन् । प्लाज्मोडियम फाल्सिपेरम, प्लाज्मोडियम भीभ्याक्स र प्लाज्मोडियम ओवेलजस्ता यसका थुप्रै प्रजाति हुन्छन् । प्लाज्मोडियम फाल्सिपेरम दोस्रो बढी कमन र गम्भीर हो । यसको प्रमुख लक्षण भनेको ज्वरो आउने नै हो ।
यो लामखुट्टे (फिमेल एनोफेलेस) को टोकाइबाट सर्ने रोग हो । लामखुट्टेको शरीरमा टोकाइले रगतमा प्लाज्मोडियमहरु प्रवेश गर्छन् । ती सबै कलेजोमा जाने हुन्छ । प्लाज्मोडियमको स्पोरोजाइड कलेजोमा पुगेपछि मेरोजोइडको रुपमा विकसित हुन्छ । त्यसपछि संख्या मल्टिपलाई हुँदै रगतमा मिसिन्छ । रक्त कोषिकामा पनि मल्टिप्लाई भएपछि ट्रोपोफाई चरणमा पुग्छ । त्यहाँ तीब्र रुपले मल्टिप्लाई भएपछि रक्त कोषिकालाई ड्यामेज पार्ने काम गर्छ । त्यसपछि इम्युन सिस्टम एक्टिभ भएर ज्वरो आउने गर्छ ।
मलेरियाका लक्षणहरुः
ज्वरो आउने टाउको दुख्ने जिउ दुख्ने वाकवाकी लाग्ने तथा वान्ता हुने रोकथाम तथा बच्ने उपाय
–घर वरपर पानीहरु जम्न नदिने
–सरसफाइमा ध्यान दिने
–लामखुट्टेको टोकाइबाट बच्न झुल र औषधीको प्रयोग गर्ने मलेरियाको परीक्षण
–आरडिटी (ब्लड एन्टीजेट टेष्ट)
–माइक्रोस्कोपी (ब्लड सेमर)
मलेरिया देखियो के गर्ने ?
स्वास्थ्य परीक्षण गर्दा मलेरिया पोजेटिभ देखिएका व्यक्तिलाई हामी क्लोरोक्विन र पेरिमाक्विन औषधी दिने गर्छौं । कुनै–कुनै केसमा घातक प्रजाति देखिन सक्छ । त्यससमय औषधीले काम नगर्ने हुँदा हामी आर्टेसुनेट इन्जेक्सनको प्रयोग गर्ने गर्छौं । त्यसकारण मलेरियाको शंका लागेमा चिकित्सक कहाँ गएर स्वास्थ्य परामर्श लिन सुझाव छ ।