नेकपा एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सोमबार आजका लागि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवन लोत्सेहलमा बस्ने गरी बैठक बोलाइएको हो । बजेटमाथिको छलफल मंगलबारबाट सुरु हुँदैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार