घरमाथि रूख ढल्दा डडेल्धुरामा बुहारीको मृत्यु, सासू घाइते

डडेल्धुरा । बुधवार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा डडेल्धुरा एक महिलाको ज्यान गएको छ। जिलाको आलिताल गाउँपालिका–६ दोबाटामा
घरमाथिबाट सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन्।

स्थानीयले बिहान करिब ६ बजेतिरको समयमा घटना भएको बताएका छन्। घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राधा कामीको कम्मर र टाउकोमा चोट लागेको छ।

मृतक रविना कामीका एक छोरा र एक छोरी छन्। प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार