सपत ग्रहण सँगै बसन्त जैसीले समाले बिच भुरुवा ग्रा.विद्युत सहकारी सं. लि.को कार्यभार

लम्की । लकैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले आज सपत ग्रहण का साथै पदभार ग्रहण गरेका छन ।

बैशाख २७ गतेका दिन बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभा बाट सर्वसम्मत रुपमा निर्वाचित भएका नव निर्वाचन पदाधिकारीहरुले आज (शनिबार) किसान बहुउद्देश्यीय संस्थाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सपत ग्रहण गर्नुका साथै पदभार गरेका हुन ।

नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बुद्धिमान जैशी (वसन्त) रहेका छन । यस्तै उपाध्यक्ष देव शर्मा जैशी, सचिवमा बिना भट्ट, कोषाध्यक्ष प्रेम बहादुर आले मगर सहित  ९ सदस्यीय कमिटीले पद तथा गोपनियताको सपत ग्रहण गरेका थिए ।

सपत ग्रहण सङ्गै नव निर्वाचित अध्यक्ष बुद्धिमान जैशी (वसन्त) नेतृत्वको समितीले आज नै पदस्थापना समेत ग्रहण गरेका छ्न । सपत ग्रहण पछि कार्यक्रममा आफ्नो भनाई राख्दै जैशीले आफुले यस ग्रामीण विद्युतको आर्थिक  कारोबार लाई मजबुत बनाउदै आफ्नो अघिल्लो कार्यकालमा अधुरो रहेका कार्यलाई पूरा गर्दै थप नयाँ योजना समेत लागू गर्ने बताउदै आफ्नो यो कार्यकालको पहिलो काम भनेको

यस्तै नव निर्वाचित लेखा समिती संयोजकमा ललित न्यौपाने र लेखा समिती सदस्यहरुले समेत पद तथा गोपनियताको सपत ग्रहण गरेका हुन ।

 पद तथा सपत ग्रहण कार्यक्रममा प्रमुख अतिथि लम्कीचुह नगरपालिका वडा नम्बर १ का अध्यक्ष नेत्र खनाल रहेका थिए  ।

यस्तै कार्यक्रमा वडाका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागी रहेको थियो ।

कार्यक्रम शुभकामना मन्तव्य राख्दै वक्ताहरुले लोकतान्त्रिक पद्धतिमा सर्वसम्मत रुपमा सम्पुर्ण कार्यसमिति चयन हुनु हनेको एक उदाहरणीय कार्य भएको बताएका थिए । लोकतान्त्रिक पद्धति आफैमा एक सक्षम नेतृत्व चयन गर्ने पद्धति भएको भएयता पनि यो पद्धति खर्चिलो हुनुका साथै कतिपय अवस्थामा आपसी मनमुटाव को सृजना गर्ने गर्दछ । जसले गर्दा कतिपय समयमा समाजमा नकारात्मक कार्यको सृजना गर्न सक्ने गरेको बताए ।

सोही कुरालाई जोड्दै लम्की चुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्र खनालने लोकतान्त्रिक पद्धति भन्दा पनि जति सकिन्छ आफ्नो ठाउँको बिकास गर्दा निस्वार्थ पुर्ण तरिकाले कुनै राजनैतिक, आर्थिक लोभ लालच नगरी  सर्वसम्मत रुपैयाँ नेतृत्व चयन गर्नु अतिनै राम्रो कार्य भएको बताउदै सोही अनुरुप बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था आफ्नो नयाँ कार्यसमिति चयन गरेकोमा कुसी व्यक्त गर्दै धन्यवाद दिए ।

उनले भने यो एउटा सामान्य उदाहरण मात्र भएको र आफ्नो वडा देखि आफ्नो स्थानीय क्षेत्रको बिकासका निम्ति स्थानीय स्तरका संघ संस्था देखि भाविको दिनमा स्थानिय सरकार सम्म सर्वसम्मत निर्वाचित गर्ने आफ्नो प्रयास कायमै रहने कुरामा जोड दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार