बर्दगोरियामा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुँदै

बौनिया । कैलालीको बर्दगोरियामा यहि माघ १२ गतेका दिन थारु जातिको नयाँ बर्षका रुपमा रहेको माघि पर्वको अवसरमा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ ।

हिन्दुहरुको महान पर्व माघे संक्रान्ति तथा थारु समुदायमा नयाँ बर्षका रुपमा रहेको माघी पर्वको अवसरमा पालिकाको वडा नं. ४ मुडा बजार अर्थात प्रस्तावित (कोटागढी) को खेल मैदानमा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम हुन लगेको हो ।

कार्यक्रमा स्थानिय भाषा, कला, संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ कार्यक्रममा पुराना थारु संस्कृति झल्कने भेषभुषा तथा गीत संगीत प्रस्तुत गरिने छ ।

यस वर्ष पहिलो पटक पालिका स्तरीय थारु समुदायमा नयाँ बर्षका रुपमा रहेको माघी पर्वको अवसर पारी हमार भेष भुषा, हमार पहिचान, आदिवासी थारु हम्रे बचाइ अपन पहिचान भन्ने नारासहित कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रा.लि.को आयोजनामा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

बर्दगोरिया गाउँपालिकामा रहेको आदिवासी जनजाति र थारु रितिरिवाज अनुसार थारु साँस्कृति चलनको प्रचार प्रसार र बर्दगोरिया गाउँपालिका लाई नमुना गाउँपालिका बनाउने उद्येश्यले माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक सागर चौधरीले जानकारी दिएका छन ।

कार्यक्रममा बड्का नाच, झुम्म्रा नाच, लट्ठीहवा नाच, धमार गीत, डेउदा नाच ,सोगिंया गीत प्रस्तुत गर्ने माघ महिनाको साँस्कृतिक महत्व तथा थारु गीत तथा नृत्य सहितको ,प्रदर्शन गरिने संयोजक सागर चौधरीले बताएका छन । ।कुनै पनि जाती तथा समाजको पहिचान भनेको नै कला संस्कृति रहेकोले कला,संकृतिको प्रबर्द्धन गर्नु सवैको दायित्व हो ।

सांस्कृतिक कार्यक्रममा चर्चित थारु कलाकार मोडल सदिच्छा चौधरी ,मोडेल सुनिता दहित, डान्सर रन्जु कुश्मी, डान्सर ८८४८, डान्सार समिरा चौधरी गयाक खुशी रत्गैया, गायक भरत तम्रकार, गायक अकित चौधरीको प्रस्तुती रहने छ ।

यसैगरी माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैबीच कार्यक्रमलाई सभ्य तरिकाले सम्पन्न गर्न सहयोग पुर्याउन सबैलाई आयोजक पक्षले आग्रह गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार