बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु

२३पुस /कैलालीको बर्दगोरियामा १५ औं राष्ट्रपति रनिङ सिल्ड पालिका स्तरिय विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् ।

प्रतियोगिताको मंगलबार उदघाटन गर्दै बर्दगोरिया गाउँपालिका गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरलेले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।

खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष गणेश राज गिरिले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । बिधालयमा राजनिती भन्दा शैक्षिक ज्ञान तर्फ लाग्नुपर्ने बताउदै सबैले शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताए ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा सामाजिक बिकास समिती संयोजक मिथुन गौतमको सभापतितित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि कार्यक्रममा बिशिस्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।

सचिवालय सदस्य पुष्कर सुनारको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्य ,कार्यापालिका सदस्य सरस्वती बि क,कलावती ढुंगाना , भिम बहादुर बि क, माया चौधरी लगाएत विभिन्न बिधालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक प्रभु नाथ जोशीले गर्नु भएको थियो । प्रतियोगितामा पालिकाभित्रका १७ सामुदायिक र १८ संस्थागत बिधालय मध्य २० वटा बिधालयको सहभागिता रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार