माओवादीको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बस्ने पदाधिकारी बैठक स्थगित गरिएको छ ।

आजका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरिएको माओवादी स्रोतले जनाएको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्ड आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको यसअघि सचिव देवेन्द्र पौडेलले जानकारी दिएका थिए ।

बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको थियो । स्थगित बैठक मंसिर ४ गते बस्ने बताइएको छ ।

यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार