मौसम पूर्वानुमानः देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाका अनुसार देशभर पश्चिमी वायु तथा पहाडी भू(भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
जसका कारण सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक (दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

मंगलबार पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक (दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार