बर्दगोरियामा रहेको सहारा घरको ११ औं स्थापन तथा ९ औं वार्षिकोत्सब सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको सहारा घरले आफ्नो ११ औं स्थापना तथा ९ औं वार्षिकोत्सब सम्पन्न गरेको छ ।

शनिबार एक औपचारिक कार्यक्रमका विच सहारा घरले आफ्नो ११ औं स्थापना तथा ९ औं वार्षिकोत्सब सम्पन्न गरेको हो ।

संस्थाका संस्थापक अध्यक्ष बलबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कुँवरले स्थानीय सरकार स्थानीय जनसमुदायको पहिलो अभिभावक रहेको बताए । जस अनुसार बर्दगोरिया गाउँपालिकाले आफ्नो अभिभावक्त्तो निरन्तर ग्रहण गर्दै आएको छ । आगामी दिनहरुमा पनि सहारा घरलाई स्थानीय सरकारको तर्फबाट हुने सम्पुर्ण सहयोग रहने बताउदै । आफु आफ्नो व्यक्तिगत तर्फबाट पनि यो साहरा घर स्थापनाकाल देखि नै आफ्नो दायित्व सम्झदै आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर रुपमा आफ्नो सहयोग रहिरहने कुरामा विश्वस्त रहन अनुरोध गरे।

कार्यक्रमको समापन गर्दै असायका लागि सहयोगी हातहरु नेपाल साहरा घरका संस्थापक बलबहादुर विष्टले आफू सङ्ग रहेका असारा बालबालिका लाई नेपाल सरकारको स्वामित्वमा लगिदिनहुन स्थानीय सरकारलाई गुहारेक छन । आफुले अफुसङ्ग रहेका सबै बालबालिक हरुले राज्य सङ्ग पाउनु पर्ने जन्म सिद्ध अधिकार (जन्म दर्ता) प्रदान गर्न नसक्ने हुँदा उक्त प्रमाणपत्र प्रदान गरिदिनहुन स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख तथा वडा प्रमुख ज्युलाई अनुरोध गरे।

यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी (लाल्दीप), वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक, वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य, विभिन्न स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, आम जनसरोकारवाला व्यक्तहरुको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार