काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटेको छ । निगमले बिहिबार राति १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।
यस अनुसार काठमाडौँ, पोखरा र दिपायलमा यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ ।
यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।