काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू(भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक आंशिक बदली रही बाँकी भू(भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जनाएको छ।
आज दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेश लगायत देशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार राति कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।