मौसम पूर्वानुमानः यस्तो रहनेछ आज दिनभर मौसम

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसारती प्रणालीको प्रभावले अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा राति पनि मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार