मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा एकको मृत्यु

सुर्खेत। सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिलाको वीरेन्द्रनगर नगरपालिका–८का ५० वर्षीय महेश पौडेल रहेका छन्।

सुर्खेत प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर भे५प ४०४२ नम्बरको उनको मोटरसाइकल वीरेन्द्रनगरको कालुङचोकमा गाईसँग ठोक्किएको थियो ‌।

दुर्घटना लगत्तै उनलाई प्रदेश अस्पताल लगिएको भएपनि उनलाई राति ८ बजेतिर अस्पतालले मृत घोषणा गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार