महिला टी–२० विश्वकप: भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

काठमाडौँ । गए राती सम्पन्न जारी आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले भारतलाई पराजित गरेको छ । अस्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको १५२ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाए सफल भएको थियो ।
त्यस्तै पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
यो जितसँगै अस्ट्रेलिया समूह ए मा लगातार चार जित सहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै यो हारपछि भारतको सेमिफाइनल यात्रा भने सङ्कटमा परेको छ । भारतले ४ खेलमा २ हार र दुई जित हासिल गरेको छ । अब समूह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुङ्गो आज हुने न्यूजील्याण्ड र पाकिस्तानबिचको खेलपछि लाग्ने छ । यो खेल न्यूजील्याण्डले जितेमा सेमिफाइनलमा पुग्ने छ भने भने पाकिस्तानले जितेमा भारतको सम्भावना रहने देखिन्छ ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार