बर्दगोरिया-६ को धार्मिक तथा पर्यटकीय क्षेत्र राम जानकी मन्दिरमा रोपिए ५ सय बढी फलफूलका बिरुवा

बर्दगोरिया । “एक घर एक बिरुवा, एक वडा एक बगैँचा”  भन्ने मूल नारा सहित कैलालीको बर्दगोरिय गाउँपालिका वडा नम्बर ६ मा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

युवा संगको सझेदारी ताथ सार्वजनिक जग्गामा वृक्षारोपण कार्यक्रम अन्तरगत बुधबार वडाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध रहेको श्री राम जानकी सेवा सामाज भक्तिनिय आस्थान मन्दिरमा उक्त वृक्षरोपण गरेको हो ।

 वृक्षरोपणमा फलफूल (आप, लिच्ची) का बिरुवा रोपेको वडा अध्यक्ष राम कृष्ण डगौरा थारु (रन्जित) ले जानकारी दिए।

उनका अनुसार वडा का विभिन्न सार्वजनिक जग्गा रहेको ठाउँमा उक्त फलफूलका बिरुवा हरु रोप्ने कार्यक्रम रहेको छ । जस अनुसार आज श्री राम जानकी सेवा सामाज भक्तिनिय आस्थान मन्दिर सुगरखालको परिषद भित्र ३.५ हेक्टर क्षेत्रफलमा ५ सय उक्त फलफूलका बिरुवाहरु रोपिएको हो ।

फलफुल बिरुवा रोप्दा मन्दिरको आर्थिक अवस्थामा सुधार आउनुका साथै भारत बाट आउने फलफुलको आयात समेत  रोकिने छ । जसले गर्दा नेपाली हरुले आफ्नै माटोना फलेका विसादी रहित फलफुल उपभोग गर्न पाउने वडा अध्यक्ष डगौरा थारुले बताए ।

उक्त फलफूलका बिरुवा रोपण कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार