मौसम पूर्वानुमान: यी स्थानमा आज मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेस र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोसी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाइएको छ ।
विभागका अनुसार आज दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोसी प्रदेशका केही तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसै गरी, आज राती कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम सफा रहने छ । कोसी प्रदेशका केही र मधेस प्रदेशलगायत बाँकी प्रदेशका केही पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोसी प्रदेशका केही तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार