महिला लघुवित्त लम्की शाखाद्वारा बिमा दाबीको रकम हस्तान्तरण

कैलाली। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लम्की ले बिमा बापतको दाबी रकम हस्तान्तरण गरेको छ । शाखाले मङ्गलवार संस्थाको केन्द्र नम्बर ०३९ की सदस्य परगनी थारुलाई उक्त दाबी रकम हस्तान्तरण गरेको हो ।

शाखा प्रमुख आयुष न्यौपानेले परगनी थारुको घरमै पुगेर उक्त मृत्यु दाबीको रकम दिएको बताए ।

शाखा प्रमुख न्यौपानेले भने-“परगनी थारु महिला लघुवित्त वित्तीय संस्थाको सदस्य रहेको र गत २०८१ श्रावण २२ गतेका दिन ६८ वर्षको उमेरमा उनको श्रीमानको मृत्यु भएपछि आज काजक्रिया खर्चको लागि बिमा कम्पनी बाट आएको रु १२ हजार ५ सय दिएका हौँ । हामीले उक्त काजक्रिया खर्च सोही समयमा दिनु पर्ने भए पनि बिमा कम्पनीको कागजी प्रक्रियाले ढिलाइ भएका कारण आज दिएका हौ ।”

संस्थाले आफ्ना सदस्यहरूको हित तथा संरक्षण गर्नका लागी सदस्यहरूलाई आपतकालिन अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यकता अनुरूप विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । यस संस्थाले देशभरिको ७ वटा प्रदेशको ३८ वटा जिल्लाहरूमा ७७ वटा शाखाहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार