नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बर्दगोरियाको सम्मेलन सम्पन्न

बौनियाँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जन वर्गीय सङ्गठन नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट दल बहादुर तिरुवाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कमिटी समेत गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नेपाल दलित मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश फ्याक्स इन्चार्ज ओम प्रकाश पुन रहेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले हरेक सामुदायिकका पीडा बोक्ने पार्टी भनेको माओवादी केन्द्र मात्र भएको जिकिर गरे । उनले भने– “विगतलाई निहाल्ने हो भने विगतका दिनमा दलित, जनजाति, महिला लगायत पिछडिएका वर्ग तथा समुदायले आफ्नो आवाज खुलेर राख्ने अवस्था नभएको भए पनि अहिले आएर माओवादी केन्द्रकै कारण सबैले निडरता पूर्वक आफ्नो विचार धारण खुलेर राख्न सक्नुका साथै जनप्रतिनिधि भएर राज्यको नेतृत्व समाल्ने अवसर समेत प्राप्त गरेका छन ।”

 


सोही कार्यक्रम विभिन्न पार्टी परि त्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका युवाहरूलाई स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य विमला सिंह, पार्टी प्रदेश सदस्य तथा मोर्चाको केन्द्रीय सदस्य गोविन्द बिसी, पार्टी केन्द्रीय सदस्य लाल बहादुर सोडारी (दर्शन) लगाएका पार्टी केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य, मोर्चाका केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटी सदस्य लगाएका नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

यस्तै आजै माओवादी केन्द्रको जन वर्गीय सङ्गठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को तेस्रो सम्मेलन समेत सम्पन्न छ । सम्मेलनबाट चन्द्रकला वि।कको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी समेत गठन गरिएको छ ।

नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष ध्वज बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मन्तव्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि बर्दगोरिया गाउँ कमिटी अध्यक्ष भगवती डगौरा थारुको गरेकी थिएन । कार्यक्रमको सञ्चालन मनोज बिटालुले गरेका थिए ।

यस्तै आजै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जन वर्गीय सङ्गठन नेपाल दलित मुक्ति मोर्चामा आबद्ध रही लामो समय दलित अधिकार र समुदाय को हितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गजेन्द्र विक र गौमती सार्की लाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित सम्मान गरिएको थियो ।

यस्तै सम्मेलनमा बर्दगोरिया गाउँपालिका भित्रकाबाट विभिन्न पार्टी परि त्याग गर्दै ७० जना बढी कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

 

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार